Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राजा क्लबको अध्यक्षमा कार्की, उपाध्यक्षमा मानन्धर र सचिवमा थापा

राजा क्लबको अध्यक्षमा कार्की, उपाध्यक्षमा मानन्धर र सचिवमा थापा

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक ४ २०८२


राजा क्लबको अध्यक्षमा कार्की, उपाध्यक्षमा मानन्धर र सचिवमा  थापा

सुनसरी । इटहरी पुरानो र लोकप्रिय क्लब राष्ट्रिय जागृति क्लबको अध्यक्षमा केशव कार्की सर्वसम्मत चयन भएका छन् । क्लबको आइतबार सम्पन्न ३५ औ साधारण सभा तथा अधिवेशनले कार्कीलाई आगामी दुई वर्षको लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

क्लबले निवर्तमान अध्यक्ष सन्तबहादुर डुम्जनलाई विगत दुई वर्षसम्म सफल नेतृत्व हाँकेकोमा धन्यवाद ज्ञापन समेत गरेको छ । यस्तै क्लबले रिक्त दुई सदस्यमा इटहरीका व्यवसायी विदुर ढकाल र राजकुमार कार्कीलाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक एवंम क्लबका पूर्व अध्यक्ष प्रदीप रेग्मीले जानकारी दिए ।

अधिवेशनले उपाध्यक्षमा क्लबका निवर्तमान सचिव श्याम मानन्धरलाई चयन गरेको छ । सचिवमा क्लबका निवर्तमान कोषाध्यक्ष अनुरोध थापा, सहसचिव नारायण ढुंगाना र कोषाध्यक्षमा बुद्ध तामाङलाई सर्वसम्मत चयन गरेको छ ।

क्लबको विधान अनुसार अध्यक्षको कार्यकाल सकिएपछि बाँकी पदाधिकारी क्रमशः एक एक स्थान माथि चढ्ने व्यवस्था रहेको छ । क्लबले बर्सेनि पूर्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप गर्दै आएको छ ।

विगत १५ वर्षअघि देखी सञ्चालन हुँदै आएको गोल्ड कपको १६ औँ संस्करण आगामी चैत्र पहिलो साता देखी गर्ने क्लबले तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार