Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

दुई सातापछि मेची राजमार्गकाे इलाम–राजदुवाली सडकखण्ड सञ्चालन

दुई सातापछि मेची राजमार्गकाे इलाम–राजदुवाली सडकखण्ड सञ्चालन

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक २ २०८२


दुई सातापछि मेची राजमार्गकाे इलाम–राजदुवाली सडकखण्ड सञ्चालन

इलाम । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतसम्भार पश्चात् आज राति ९ः०० बजेदेखि सवारी सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन ।

सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार दुई साताको प्रयासपछि सडक खुलाउन सफल भइएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । उनका अनुसार पहिरो पन्छाउन कार्यालयले छवटा एक्स्काभेटर, एक जेसिबी, छ वटा टिफर र दुईवटा लोडर परिचालन गरेको थियो ।

“निकै ठूलो पहिरो खस्नाका साथै दिनहुँ भाँसिने समस्याले हामीलाई पहिरो पन्छाउन समय लाग्नुका साथै सास्ती पनि भयो”, डिभिजन प्रमुख भट्टराईले भने , “निरन्तरको प्रयासले सडक खुलाउन सफल भएका छौँ, पहिरो क्षेत्रमा ठूला सवारीहरू एकपटकमा एउटा मात्र सञ्चालन गरेर सहयोग गरिदिन सरोकार भएका सबैलाई अनुरोध गर्दछौँ ।”

राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउने यात्रु तथा सवारीलाई सहज भएको प्रमुख भट्टराईले बताउनुभयो । मेची राजमार्ग अवरुद्ध हुँदा यसअघि साना सवारीसाधनका लागि वैकल्पिक मार्गका रूपमा बुधबारदेखि तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालन गरिएको थियो ।

सो सडकखण्डअन्तर्गत माईजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण गरेर सडक सञ्चालन गरिएको उनले जानकारी दिए । वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर ९केचना–कञ्चनजङ्घा सडक० भने अझै सञ्चालनमा आउन सकेको छैन ।

सो सडकअन्तर्गत पुवाखोला खोलाको बेलिब्रिज बाढीले बगाउनाका साथै बेलासेस्थित माईखोलाको पक्की पुल भाँचिएपछि हालसम्म अवरुद्ध छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार