Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

स्थानीय युवाको पहलमा देउमाई–३ सुर्केमा राहत वितरण

स्थानीय युवाको पहलमा देउमाई–३ सुर्केमा राहत वितरण

  • रेविका तोलाङ्गी
  • बुधबार, असोज २९ २०८२


स्थानीय युवाको पहलमा देउमाई–३ सुर्केमा राहत वितरण

देउमाई । देउमाई नगरपालिका–३ सुर्केका स्थानीय युवाहरूले विपद्‌ प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गरेका छन्। स्थानीय युवाहरू सुमन राईको संयोजकत्वमा गरिएको कार्यक्रममा कुल ५८ हजार ७ सय बराबरको राहत सामग्री वितरण गरिएको हो। राहत संकलन कार्यमा लक्ष्मण बिढाथोकी, सुदीप राईलगायतका युवाहरू सक्रिय थिए। उक्त पहल सुजन राईको समन्वयमा सम्पन्न भएको हो।

राहत सामग्री बिष्णु गजुरेल, मेनुका बराल, नविन राई, तिथ कुमारी तामाङ, नरबहादुर राई र रमना खड्कालाई प्रदान गरिएको थियो। स्थानीय युवाहरूले सामूहिक सहयोगमार्फत समुदायमा सहकार्य र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।

थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार