Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

मौसम कमजोर हुँदै, कोशीमा भने हल्का वर्षाको सम्भावना

मौसम कमजोर हुँदै, कोशीमा भने हल्का वर्षाको सम्भावना

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज २५ २०८२


मौसम कमजोर हुँदै, कोशीमा भने हल्का वर्षाको सम्भावना

इलाम । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । तर, सामान्य प्रभाव भने कायमै छ ।

जसका कारण पूर्वी नेपालका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार