Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

५७ टोल विकास समितिबाटै रोङ गाउँपालिकामा पुनर्निर्माण र मर्मत अभियान

५७ टोल विकास समितिबाटै रोङ गाउँपालिकामा पुनर्निर्माण र मर्मत अभियान

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज २३ २०८२


५७ टोल विकास समितिबाटै रोङ गाउँपालिकामा पुनर्निर्माण र मर्मत अभियान

इलाम । हालैको अविरल वर्षाका कारण भौतिक क्षति पुगेको रोङ गाउँपालिकामा अहिले पुनर्निर्माण र मर्मत अभियान जनस्तरमै तीव्र रूपमा अघि बढिरहेको छ। गाउँपालिकाका ६ वटै वडामा रहेका ५७ वटा टोल विकास समितिहरूबाट क्षतिग्रस्त बाटो, खानेपानी र सिँचाइ योजनाको मर्मत सम्भार सुरु गरिएको छ।

गाउँपालिकाको तथ्यांक अनुसार, हालसम्म करिब ७० वटा सडकका ४०० भन्दा बढी स्थानमा क्षति पुगेको छ। त्यस्तै, २० भन्दा बढी खानेपानी योजना र १५ भन्दा बढी सिँचाइ योजना अवरुद्ध वा क्षतिग्रस्त भएका छन्। यद्यपि विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय तथा अन्य सार्वजनिक भवनहरू भने सुरक्षित रहेका छन्।

विद्युत् आपूर्तिको अवस्था सामान्य बनेको छ र सबै वडामा सेवा पुनः सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ। यसबीचमा, स्थानीयवासीहरूको सक्रियतामा धेरै सडकहरू एकतर्फी रूपमा सञ्चालनमा ल्याइएका छन्। बाँकी सडक मर्मतका लागि ४ वटा मेसिन र १ वटा एक्साभेटर विभिन्न वडामा परिचालन गरिएको छ।

गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बोले विपद्‌पछिको पुनर्निर्माणमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । उनले गाउँपालिकाकाले श्रम सम्बन्धि कार्यविधि नै बनाएर टोल विकास समितिलाई परिचालन गरिदै आएको बताए ।  विपद्को घडीमा सबैले हातेमालो गरेर पुनर्निर्माण र मर्मत कार्यलाई अघि बढाउन अपिल समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार