Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाललाई टी-२० आई शृङ्खला, मलेसिया ३-२ ले पराजित

नेपाललाई टी-२० आई शृङ्खला, मलेसिया ३-२ ले पराजित

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज २२ २०८२


नेपाललाई टी-२० आई शृङ्खला, मलेसिया ३-२ ले पराजित

इलाम । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० आई शृङ्खला हात पारेको छ। मलेसियामा बुधबार बिहान सम्पन्न खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ५ खेलको शृंखला ३-२ ले जितेको हो ।

नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा १३ रनले पराजित भई चौथो खेलमा ६ विकेटको जित निकालेको थियो।

नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। त्यसैको तयारीका लागि यो शृङ्खला भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार