Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

जिल्ला प्रशासन इलामद्वारा अनावश्यक कृत्रिम अभाव सृजना नगर्न आग्रह

जिल्ला प्रशासन इलामद्वारा अनावश्यक कृत्रिम अभाव सृजना नगर्न आग्रह

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज २१ २०८२


जिल्ला प्रशासन इलामद्वारा अनावश्यक कृत्रिम अभाव सृजना नगर्न आग्रह

इलाम । हालैको अविरल वर्षाका कारण उत्पन्न विपद्‌का बीच जिल्ला प्रशासन कार्यालय इलामले सुचना जारी गर्दै कृत्रिम अभाव सृजना नगर्न अपिल गरेको छ । प्रशासनले विपद्‌को अवस्थामा कुनै पनि व्यक्तिले वस्तु वा सेवामा अनावश्यक मूल्य वृद्धि नगर्न र बजारमा कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको हो।

जिल्लामा निरन्तर वर्षाका कारण सडक अवरुद्ध भई जनजीवन प्रभावित बनेको सन्दर्भमा प्रशासनले यस्तो सूचना सार्वजनिक गरेको हो। सूचनामा भनिएको छ — “यदि कसैले सवारी साधन, होटल वा पसलको अत्यधिक मूल्य लिएको, वा कृत्रिम अभाव सिर्जना गरेको जानकारी भए तुरुन्त जिल्ला प्रशासन कार्यालय इलाम वा मोबाइल नम्बर ९८५२६८६११९ मा सम्पर्क गरी जानकारी दिनुहोला।”

घटनासँग सम्बन्धित प्रमाण — फोटो, भिडियो वा सवारी साधनको नम्बर प्लेट — संलग्न गरी पठाउन प्रशासनले अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले हस्ताक्षर गरेको सूचनामा सबैलाई सतर्क, संयमित र जिम्मेवार रहन अपिल गरिएको छ। सूचनामा भनिएको छ, “विपद्को बेला हामी सबै सेवा–सजग, सतर्क र सावधान रहौं। मानवीय दायित्व र सामाजिक उत्तरदायित्वको भावना बोकी एक–अर्कालाई सहयोग गर्ने वातावरण बनाऔं।”

प्रतिक्रिया
सम्बन्धित समाचार