Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

मेची राजमार्गमा सवारीसाधन संचालनमा रोक, इलाम र पाँचथरमा १० ठाउँमा पोहिरोको जोखिम 

मेची राजमार्गमा सवारीसाधन संचालनमा रोक, इलाम र पाँचथरमा १० ठाउँमा पोहिरोको जोखिम 

  • सन्देश सम्बाददाता
  • शनिबार, असोज १८ २०८२


मेची राजमार्गमा सवारीसाधन संचालनमा रोक, इलाम र पाँचथरमा १० ठाउँमा पोहिरोको जोखिम 
इलाम । पूर्वी पहाडी जिल्लालाई झापा जोड्ने मेचीराजमार्गमा रातीको समयमा सवारीसाधन संचालनमा रोक लगाइएको छ । मौसम पूर्वानुमान महाशाखा माहाशाखाको पूर्वानुमान अनुसार भारी वर्षा हुने जानकारीपछि सडक डिभिजन कार्यालय इलामले मेचीराजमार्गमा रातको समयमा सवारीसाधन संचालन गर्न रोक लगाइएको हो ।
सडक डिभिजन कार्यालय इलामले बेलुकी ७ बजेबाट बिहान ६ बजेसम्म सवारीसाधान संचालनमा रोक लगाएको हो । राजमार्गका विभिन्न क्षेत्रमा पोहिरोको जोखिम भएकाले दुर्घटना र मानविय क्षति हुने भएकाले सवारीसाधन संचालनमा रोक लगाइएको हो ।
जिल्लाका विपद् व्यवस्थापन समितिले प्रक्षेपण अनुसार  मेची राजमार्गको पाँचथर र इलाम खण्डमा दस ठाउँमा पहिरोको जोखिम रहेको छ । सबैभन्दा धेरै जोखिम मेची राजमार्गको इलाम खण्डमा रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति इलामका अनुसार इलाम खण्डमा पर्ने सूर्योदय नगरपालिका– ११ तीन घरे, रोङ गाउँपालिका–४ कोल्बुङ, रोङ गाउँपालिका– ३ चुच्चेढुङ्गा, इलाम नगरपालिका ४ बाघखोर, इलाम नगरपालिका –५ चुरेघाँटी, इलाम नगरपालिका– १० राजदुवाली, इलाम नगरपालिका– ४ पुवाखोला, देउमाइ नगरपालिका– १ रक्से, पाँचथर खण्डमा पर्ने फिदिम नगरपालिका– ४ रमिते र फाल्गुनन्द गाउँपालिका– ३ पाङ्ग्रेभीर क्षेत्रमा पहिरोको जोखिम छ । यस्तै, केचना कञ्चनजंघा करिडोरमा पर्ने बेलासे र भोर्लेनी, राँके रवि सडक खण्डका पाँचथर, धनकुटा र इलाम खण्डमा पर्ने विभिन्न स्थानमा पनि पहिरोको जोखिम      छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार