Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

पाँचथर दुर्घटनास्थलबाट ४ जनाको उद्धार

पाँचथर दुर्घटनास्थलबाट ४ जनाको उद्धार

  • सन्देश सम्बाददाता
  • शनिबार, असोज १८ २०८२


पाँचथर दुर्घटनास्थलबाट ४ जनाको उद्धार

पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको दुर्घटनास्थलबाट चार जनालाई उद्धार गरिएको छ । स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएका छन् । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार अहिलेसम्म मानवीय क्षतिको जानकारी आएको छैन । ‘अहिलेसम्म चार जना घाइतेलाई उपचारका लागि धरानतर्फ पठाइएको छ,’ प्रजिअ पोखरेलले भने, ‘दुर्घटनास्थलबाट धरान नै नजिक पर्छ ।’ उनका अनुसार सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई पनि घटनास्थल पठाइएको छ । आफू पनि त्यतै जान लागेको उनले बताए । धरान जाँदै गर्दा पिकअप गाडी दुर्घटनामा परेको जानकारी आएको र प्रहरी पुगेपछि विस्तृत विवरण थाहा हुने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार