Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माटोको ढिस्को खस्दा पुरिएर सर्लाहीमा ३ बालबालिकासहित ४ को मृत्यु

माटोको ढिस्को खस्दा पुरिएर सर्लाहीमा ३ बालबालिकासहित ४ को मृत्यु

  • सन्देश सम्बाददाता
  • बुधबार, असोज १५ २०८२


माटोको ढिस्को खस्दा पुरिएर सर्लाहीमा ३ बालबालिकासहित ४ को मृत्यु

जनकपुरधाम। सर्लाही हरिपुर्वा नगरपालिका १ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालबालिका छन्। महोत्तरी सोनमा गाउँपालिका ६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, ६ वर्षकी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षकी छोरी नर्गिस खातुन छन्। दशैंका लागि घर लिपपोत गर्ने माटो खन्ने क्रममा ढिस्को खसेको हो। आज बिहान ९स्२० बजे ढिस्को खस्दा चारैजना पुरिएका थिए। घाइतेहरुलाई निकाली प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार