Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सबै प्रदेशमा बदली, कहाँ-कहाँ वर्षाको सम्भावना ?

सबै प्रदेशमा बदली, कहाँ-कहाँ वर्षाको सम्भावना ?

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज १४ २०८२


सबै प्रदेशमा बदली, कहाँ-कहाँ वर्षाको सम्भावना ?
  • जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर बदली रहने सम्भावना रहेको जनाएको छ।
  • कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ।
  • मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

इलाम । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने सम्भावना रहेको जनाएको छ । यस्तै केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहने छ। तर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
आज राती कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ।

बाँकी भू-भागमा आंशिक बदली रहनेछ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भू-भागका एक-दुई स्थानमा पनि वर्षा हुने सम्भावना छ।

महाशाखाले हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार