फाकफोकथुम । इलाम जिल्लाको फाकफोकथुम–१, लुङ्गसुदाङका बिनोद पाण्डेले मौरी पालनलाई व्यवसायीक रूपमा सुरु गरेका छन्। हरियाली डाँडा र सुमधुर हावाको बीचमा मौरी पालन केवल आम्दानीको स्रोत मात्र नभई प्रकृतिसँगको आत्मीयता झल्काउने कार्य बनेको छ।
मौरीले उत्पादन गर्ने मह यहाँका मानिसहरूको दैनिकीमा स्वाद मात्र नभई स्वास्थ्यको खजाना बनेको छ। गाउँकै खेतबारी र बगैंचामा मौरीका गुँड राख्दा बाली उत्पादनमा समेत वृद्धि भएको पाण्डेले बताए । मौरी पालनले बिषादी रहित खाध्यबाली उत्पादनमा पनि ठूलो योगदान पुर्याउँछ।
पाण्डेका अनुसार, राम्रो सिजनमा मौरी पालनबाट ६० हजार रुपैयाँसम्म आम्दानी हुने गर्छ। हाल उहाँको घरमा १६–१७ वटा मौरीका घार छन्। यसरी, मौँरी पालन यहाँ केवल व्यवसाय रहरलाग्दो भएको छ । वातावरणसँगको नाता, अनि गाउँले जीवनशैलीलाई अझ रमाइलो बनाउन मौरीपालनले ठुलो सहयोग गरेको पाण्डले बताए । अभ्यास बनेको छ।