Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

मनसुनी वायूको प्रभाव कमजोर, यी ३ प्रदेशमा मध्यम वर्षाको सम्भावना

मनसुनी वायूको प्रभाव कमजोर, यी ३ प्रदेशमा मध्यम वर्षाको सम्भावना

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ११ २०८२


मनसुनी वायूको प्रभाव कमजोर, यी ३ प्रदेशमा मध्यम वर्षाको सम्भावना

इलाम । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने र कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार