Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

डेम्बेलेले जिते बालोन डी अर

डेम्बेलेले जिते बालोन डी अर

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज ७ २०८२


डेम्बेलेले जिते बालोन डी अर

इलाम । फ्रान्सेली फरवार्ड ओसमन डेम्बेलेले पेरिसमा आयोजित विशेष कार्यक्रमबीच विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डी’अर जितेका छन्।

उनको महत्त्वपूर्ण योगदानको मद्तले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गत सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो।

पीएसजीले आफ्नो इतिहासमा च्याम्पियन्स लिग जितेको यो नै पहिलो पटक हो। महिलातर्फको अवार्ड लगातर तेस्रो वर्ष आइटाना बोनमटीले जितेकी छिन्।

डेम्बेले भने यो अवार्ड जित्ने छैटौं फ्रान्सेली खेलाडी भएका छन्। पीएसजीले पछिल्लो सिजनको च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानलाई ५–० ले हराएको थियो।यस्तै पीएसजीले फ्रान्सेली लिग र कप दुवै उपाधि पनि जितेको थियो।

बोरुसिया डर्टमुन्ड र बार्सिलोनाबाट पनि खेलिसकेका २८ वर्षीय डेम्बेले सन् २०१८ को विश्वकप विजेता फ्रान्सेली टिमका सदस्य पनि हुन्। अवार्ड जित्ने होडमा बार्सिलोनाका किशोर खेलाडी लामिन यामल दोस्रो स्थानमा रहे।

प्रतिक्रिया
सम्बन्धित समाचार