Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माता पाथिभरा साना पर्यटन व्यवसायी समूहको चौथो वार्षिक साधारणसभा सम्पन्न

माता पाथिभरा साना पर्यटन व्यवसायी समूहको चौथो वार्षिक साधारणसभा सम्पन्न

  • डायमण्ड तिम्सिना 
  • आइतबार, असोज ५ २०८२


माता पाथिभरा साना पर्यटन व्यवसायी समूहको चौथो वार्षिक साधारणसभा सम्पन्न

रोङ । माता पाथिभरा साना पर्यटन व्यवसायी समूहको चौथो वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका तत्कालीन अध्यक्ष राम भुजेलले गर्नुभएको थियो भने प्रमुख अतिथि रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवास रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथि उपाध्यक्ष बिष्णुमाया खवास, अतिथि ३ नं वडा अध्यक्ष मात्रिका बराल, कुटिडाँडा टोल विकास समितिका अध्यक्ष मिलन कुमार भुजेल, वडा सदस्य लिला राउत, पत्रकार, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो।
साधारणसभामा बोल्दै प्रमुख अतिथि स्याङ्बोले “पुरानो पाथिभरा मन्दिर समितिसम्बन्धी मुद्दा छिट्टै टुंगोमा पुग्नेछ” भन्दै पर्यटनसँग जोडिएका संरचनाको संरक्षण र विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जेन्जी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सम्बोधन गर्दै सानातिना छिटफुट घटना बाहेक ठूला घटना हुन नदिएकोमा सुरक्षाकर्मी र स्थानीयवासीलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमका अन्य अतिथिहरूले पनि समूहले पर्यटन व्यवसाय प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न शुभकामना व्यक्त गर्नुभयो।
वितरण गरिएको आर्थिक प्रतिवेदनअनुसार, संस्थाले गत वर्ष ५ लाख २९ हजार १ सय ४४ रुपैयाँ आम्दानी गरेकोमा यस वर्ष ४ लाख ७६ हजार ८ सय ६२ रुपैयाँ आम्दानी भएको देखिन्छ। खर्चतर्फ गत वर्षको भन्दा बढी ५ लाख ५९ हजार ७ सय ८९।८८ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
यसै अवसरमा समूहको नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरिएको छ।

कार्यसमितिको विवरण

अध्यक्ष – पुष्पलाल राई
उपाध्यक्ष – दिनेश निरौला
सचिव – लिला भुजेल
सहसचिव – राज सुब्बा
कोषाध्यक्ष – किरण राउत
सदस्य – मेघराज बाँस्कोटा
सदस्य – गगन राई
सदस्य – कल्पना भुजेल
सदस्य – निर्मला भुजेल
सदस्य – उषा भुजेल
सदस्य – रिमा भुजेल
सदस्य – बब्लु राउत
सदस्य – बिन्दी भुजेल
यसरी सम्पन्न चौथो वार्षिक साधारणसभाले नयाँ जोश र उत्साहसहित समूहलाई आगामी दिनमा पर्यटन व्यवसाय प्रवर्द्धन र स्थानीय विकासमा अझ सक्रिय हुने विश्वास दिलाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार