Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

संविधान दिवसका अवसरमा फाकफोकथुममा शैक्षिक सामग्री वितरण

संविधान दिवसका अवसरमा फाकफोकथुममा शैक्षिक सामग्री वितरण

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज ३ २०८२


संविधान दिवसका अवसरमा फाकफोकथुममा शैक्षिक सामग्री वितरण

इलाम । संविधान दिवसका अवसरमा नेपाल निजामती कर्मचारी संगठन फाकफोकथुम गाउँपालिका कार्य समितिले शैक्षिक सामग्री वितरण गरेको छ । कालिकादेवी आधारभूत विद्यालय, फाकफोकथुम–३ मा संगठनले झोला, बलपेन, पेनसिल, कापी लगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।

करिब ३० हजार रुपैयाँ बराबरका सामग्री विद्यार्थीलाई वितरण गरिएको आयोजक समितिले जानकारी दिएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, विशेष अतिथि फाकफोकथुम–३ का वडाध्यक्ष दिपेन्द्र लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबिर थेगिम, प्रधानाध्यापक कृष्णप्रसाद खनाल तथा स्थानीयको उपस्थितिमा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल निजामती कर्मचारी संगठन फाकफोकथुम गाउँपालिका कार्य समितिका अध्यक्ष दिपक राईको अध्यक्षता तथा सचिब बिमल घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा खगेन्द्र निरौला सदस्यले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य क्रमशः कृष्णप्रसाद खनाल, बलबिर थेगिम, दिपेन्द्र लिम्बू र दिपेन्द्र खनालले व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार