Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज ३ २०८२


यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

इलाम । नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित समाचार