Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

घोषित मितिमै निर्वाचन सम्पन्न होस् : प्रचण्ड

घोषित मितिमै निर्वाचन सम्पन्न होस् : प्रचण्ड

  • सन्देश सम्बाददाता
  • बिहिबार, असोज २ २०८२


घोषित मितिमै निर्वाचन सम्पन्न होस् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन सम्पन्न होस् भन्ने चाहन आफूहरूको रहेको बताएका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको भन्दै घोषित मितिमै निर्वाचन सम्पन्न होस् भन्ने आफूहरूले चाहेको बताए ।

उनले भने, ‘अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको छ। चुनाव हुन नदिने र मुलुकलाई थप अस्थिरता तिर लैजान योजना प्रद्ध प्रयास हुन सक्दछ । हामी घोषित मितिमा निर्वाचन सम्पन्न होस् भन्ने चाहन्छौ ।’ देशभक्त र लोकतन्त्रवादी शक्तिहरूका लागि अबका दिनहरू निरन्तर चुनौतीपूर्ण हुने उनको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार