Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

भदौमा पाथीभरा मन्दिरको भेटी ९ लाख ९७ हजार

भदौमा पाथीभरा मन्दिरको भेटी ९ लाख ९७ हजार

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज १ २०८२


भदौमा पाथीभरा मन्दिरको भेटी ९ लाख ९७ हजार

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक महिनामा झण्डै १० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । भदौ महिनामा ९ लाख ९७ हजार रुपैयाँ भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार उक्त रकम सङ्कलन भएको हो ।

पाथीभरा दर्शनका लागि मुख्य सिजन सुरू भएसँगै दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि बढ्दै गएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् ।

फेदीमा करिब एक सातासम्मको संलकन गरि फुङलिङमा रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैँकमा जम्मा गर्ने गरिन्छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गर्छ ।

बुधबार सार्वजनिक तथ्याङ्कअनुसार भदौ महिनामा ४ हजार ५०३ जना तीर्थयात्री दर्शनका लागि पाथीभरा आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार