Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्री कार्कीको शपथमा पूर्वप्रधानमन्त्रीमध्ये बाबुराम भट्टराई मात्र उपस्थित

प्रधानमन्त्री कार्कीको शपथमा पूर्वप्रधानमन्त्रीमध्ये बाबुराम भट्टराई मात्र उपस्थित

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र २८ २०८२


प्रधानमन्त्री कार्कीको शपथमा पूर्वप्रधानमन्त्रीमध्ये बाबुराम भट्टराई मात्र उपस्थित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरुमा बाबुराम भट्टराई मात्र पुगेका छन् । अन्य पूर्व प्रधानमन्त्रीहरु कोही पनि उपस्थित भएनन् । विगतमा यस्ता समारोहमा पूर्वप्रधानमन्त्रीहरु मन्त्रीहरु लगायतका उच्च पदस्थ सहभागी उपस्थित हुने गर्थे ।

निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा कुर्सी हस्तान्तरण गर्ने प्रचलन थियो । तर आज त्यस्तो भएन । राजनीतिक दलका नेताहरु पनि उपस्थित भएनन् । रास्वपा नेता सुमना श्रेष्ठ पनि सपथमा पुगेकी थिइन् । उनले पनि जेनजी युवाहरुसहित प्रधानमन्त्री कार्कीसँग हात उठाएर खुसीयाली मनाएकी थिइन् । सुमना श्रेष्ठ र प्रधानमन्त्री कार्कीले अ‌ंगालो मारेर बधाई साटासाट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार