Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र २७ २०८२


सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ ।

जेनजीको प्रदर्शनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रमुख भएकी हुन् ।  राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने छ ।

मन्त्री बन्नेहरूको नाम फाइनल हुँदैछ । जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार