Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

हर्क साम्पाङ र दुर्गा प्रसाईं पनि जंगीअड्डामा

हर्क साम्पाङ र दुर्गा प्रसाईं पनि जंगीअड्डामा

  • सन्देश सम्बाददाता
  • बुधबार, भाद्र २५ २०८२


हर्क साम्पाङ र दुर्गा प्रसाईं पनि जंगीअड्डामा

काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा धरानका मेयर हर्क साम्पाङ र दुर्गा प्रसाईं समेत पुगेका छन् । प्रसाईंले दिउँसो प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटसमेत गरेका छन् । प्रधानसेनापति सिग्देलसँग भेटमा देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको प्रसाईंले बताएका छन् ।

‘यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ मलाई नेतृत्वको मोह छैन,’ उनले भनेका छन्, ‘देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो ।’ उनले जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेन वा शुशीला कार्की जसको नेतृत्व पनि स्वीकार्य हुने बताएका छन् ।

हर्क साम्पाङ चाहिँ यतिबेला जंगीअड्डामै छन् । उनीसँग भेटमा आएका विषयबारे सार्वजनिक भइसकेको छैन । दिनभर जंगीअड्डामा छलफल गरेका जेनजी प्रतिनिधिले चाहिँ शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने प्रस्ताव प्रधानसेनापति सिग्देलसमक्ष गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार