Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बाल सुधार गृहमा झडप, पाँचजनाको मृत्यु, सात घाइते

बाल सुधार गृहमा झडप, पाँचजनाको मृत्यु, सात घाइते

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र २५ २०८२


बाल सुधार गृहमा झडप, पाँचजनाको मृत्यु, सात घाइते

नेपालगञ्ज । नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो।

कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बालसुधार गृहबाट ७६ जना भागेका हुन्। बालबिज्याईकर्ता र थुनुवालाई एकै ठाउँमा राखेका कारण यो अवस्था सृजना भएको हो।

झडपमा घाइते भएकाहरुलाई नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो। ती घाइतेमध्ये पाँचजनाको उपचारको क्रममा मृत्यु भएको हो। अन्य घाइतेको जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार