इलाम । विश्व राजनीति र आन्दोलनको इतिहासमा सधैँ पुराना पुस्ता अगाडि देखिँदै आएका छन् । तर पछिल्ला वर्षहरूमा एक फरक पुस्ता जेनजी (सन १९९७–२०१२ बीच जन्मिएका युवा) ले सशक्त उपस्थिति जनाउँदै सरकारलाई नै झुक्न बाध्य पारिदिएको छ ।
मोबाइल हातमा, सामाजिक सञ्जाल जिव्रोमा, र सडकमा नारा लिएर उभिएका यी युवाले देखाएका उदाहरणहरू आज नयाँ राजनीतिक कथा बनेका छन् ।
केन्या : “फाइनान्स बिल” विरुद्धको डिजिटल विद्रोह
सन् २०२४ मा केन्याली सरकारले ल्याएको फाइनान्स बिल ले दैनिक उपभोग्य वस्तुमा कर बढाउने प्रस्ताव ग¥यो। तर यो निर्णयले त जेनजी पुस्तालाई क्रान्तिकारी बनायो । सुरुमा टिकटक र एक्स (ट्विटर) मा ह्यासट्याग चलाए । विधेयकलाई सरल भाषामा व्याख्या गर्दै भिडियो बनाएका थिए । त्यसपछि युवा सडकमा उत्रिए । आन्दोलन यति शक्तिशाली बन्यो कि राष्ट्रपति विलियम रुटोले विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरे।
अन्ततः सरकारलाई विधेयक खारेज गर्नुप¥यो । यसै क्रममा मन्त्रिपरिषद् पुनर्गठन, विपक्षीसँग संवाद र केही मन्त्रीहरूको राजीनामा समेत दिन बाध्य भए । केन्यामा जेनजी पुस्ताले प्रमाणित गरिदियो—“सरकारले कानुन बनाउन सक्छ, तर युवाले अस्वीकार गर्ने अधिकार राख्छन् ।”
बंगलादेश : प्रधानमन्त्री पलायन गराउने ‘जुलाई क्रान्ति’
त्यसै वर्ष, बंगलादेशमा रोजगारीमा कोटा पुनस्र्थापना को निर्णयले विद्यार्थी आन्दोलित भए । विश्वविद्यालयको आँगनबाट सुरु भएको विरोध केही सातामै सडक क्रान्तिमा परिणत भयो । ‘मन्सुन अप–राइजिङ’ भनेर चिनिएको यो आन्दोलन हिंसात्मक मोडमा गएपछि अन्ततः प्रधानमन्त्री शेख हसिना देश छोड्न बाध्य भइन् ।
आन्दोलनपछि नोबेल विजेता मुहम्मद यूनुसको नेतृत्वमा अस्थायी सरकार गठन गरियो । अन्तर्राष्ट्रिय संचारमाध्यमले यसलाई “दुनियाँको पहिलो सफल जेनजी क्रान्ति” भने।
नाइजेरिया : #EndSARs\ देखि #EndBadGovernance सम्म
अफ्रिकाको सबैभन्दा जनसङ्ख्या भएको देश नाइजेरियामा पनि युवाले सत्ता चुनौती दिएका छन् । सन् २०२० मा ३भ्लमक्ब्च्क् आन्दोलनले प्रहरीको दुरुपयोग र हिंसा अन्त्य गर्न दबाब दियो ।
चार वर्षपछि फेरि, २०२४ मा, ३भ्लमद्यबमन्यखभचलबलअभ अभियान मार्फत युवाहरूले पेट्रोलियम सब्सिडी हटाउने निर्णय र बढ्दो महँगीविरुद्ध सडक तताए । नाइजेरियाको अनुभवले जेनजी केवल क्षणिक क्रान्तिकारी होइनन्, निरन्तर सुधार र जवाफदेहिताका लागि लडिरहेछन् भन्ने देखायो ।
अन्य मुलुकहरूमा पनि आवाज
युरोपदेखि एशिया–लाटिन अमेरिका सम्म, जेन श् आन्दोलन फरक–फरक मुद्दामा देखा परेका छन् । जर्मनीमा, जलवायु परिवर्तनबारे कठोर नीति बनाउन युवाले निरन्तर दबाब दिइरहेका छन् । वातावरण संरक्षण र हरित ऊर्जा प्रवद्र्धनका लागि उनीहरूले सडकमा प्रदर्शन गर्नुका साथै डिजिटल अभियान पनि चलाइरहेका छन् ।
फिलिपिन्समा, LGBQ\t+अधिकारका लागि क्इन्क्ष्भ् द्यष्िि पारित गर्न जेनजी पुस्ताले आन्दोलन अघि बढाएका छन्। सामाजिक समानता र लैङ्गिक अधिकार सुनिश्चितताका लागि युवाहरू निरन्तर सडकमा उत्रिरहेका छन् ।
चिली र अर्जेन्टिनामा, लैङ्गिक समानता र मानव अधिकारका मुद्दामा जेनजी सक्रिय बनेका छन्। सडकमा विशाल प्रदर्शन गर्दै उनीहरूले शासन र नीतिनिर्माणमा दबाब सिर्जना गरेका छन् ।
यी सबै उदाहरणहरूले जेनजी पुस्ता केवल “अनलाइन पुस्ता” मात्र होइन, निर्णय परिवर्तन गराउने वास्तविक शक्ति पनि हो भनेर देखाएको छ । उनीहरूको डिजिटल अभियान र सडक आन्दोलनले विश्व राजनीति र समाजमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।