Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्र प्रदेशले गर्‍यो इलामको कार्यविभाजन

माओवादी केन्द्र प्रदेशले गर्‍यो इलामको कार्यविभाजन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र २० २०८२


माओवादी केन्द्र प्रदेशले गर्‍यो इलामको कार्यविभाजन

इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १ नं। प्रदेश समितिले इलामका लागि कार्यविभाजन गरेको छ । माओवादी केन्द्र इलामका लागि प्रतिनिधिसभा र प्रदेशभा निर्वाचन क्षेत्र, नगर तथा गाउँपालिकास्तरीय इन्चार्ज र सह-इन्चार्ज तोकेर संगठनात्मक कामलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा रामकुमार राईलाई इन्चार्ज तोकिएको छ भने प्रतिनिधिसभा क्षेत्र नं। २ मा हर्कबहादुर लावती (कान्छा) लाई इन्चार्ज तोकिएको छ । प्रदेशसभा क्षेत्र नं। १ ९१० मा ओमबहादुर गुरुङ र प्रदेशसभा क्षेत्र नं। १ ९२० मा शान्ता बस्नेतलाई जिम्मेवारी दिइएको छ । यस्तै प्रदेशसभा क्षेत्र नं। २ (१) मा उर्मिला तामाङ र प्रदेशसभा क्षेत्र नं। २ (२) मा सोममाया राईलाई जिम्मेवारी दिइएको छ ।

जारी कार्यविभाजन अनुसार इलाम नगरपालिकाको इन्चार्जमा प्रभात शर्मा तोकिएका छन् । त्यस्तै, देउमाई नगरपालिका इन्चार्जमा कुमार बराइली, सन्दकपुर गाउँपालिका इन्चार्जमा प्रेम नाछिरिङ, फाकफोकथुम गाउँपालिका इन्चार्जमा प्रकाश परियार, सूर्योदय नगरपालिका इन्चार्जमा प्रविण तिम्सिना, रोङ गाउँपालिका इन्चार्जमा घनश्याम थापा र सह-इन्चार्जमा संसार राई तथा माईजोगमाई गाउँपालिका इन्चार्जमा रन्जु प्रधान र सह(इन्चार्ज कविरमान राईलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, माङसेबुङ गाउँपालिकाको इन्चार्जमा लक्ष्मण खम्बु (जनम), चुलाचुली गाउँपालिका इन्चार्जमा तुला लावती र माई नगरपालिका इन्चार्जमा दिपक सेनच्युरी र सह-इन्चार्ज धनकुमारी राई तोकिएका छन् । कार्यविभाजनको निर्णय माओवादी केन्द्र १ नं। प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) र सचिव गणेश उप्रेती (सुशील) को हस्ताक्षरसहित सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार