Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

फिक्कलबाट ब्राउनसुगर सहित डेविड र मनराज पक्राउ

फिक्कलबाट ब्राउनसुगर सहित डेविड र मनराज पक्राउ

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १७ २०८२


फिक्कलबाट ब्राउनसुगर सहित डेविड र मनराज पक्राउ

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी फिक्कलले मकवानपुर घर भई हाल सुर्योदय नगरपालिका– १० फिक्कल बजार स्थित डेरा गरी बस्दै आएका ३० बर्षीय डेबिड खरेल र सुर्यादय नगरपालिका– १० का ४० बर्षीय मनराज तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १७० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यसैगरी झापाको मेचीनगर नगरपालिका– ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा अर्जुनधारा नगरपालिका– २ का २८ बर्षीय प्रकाश योङहाङको साथबाट २ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर फला पारी नियन्त्रणमा लिएको छ ।

Photo Generate : AI

 

प्रतिक्रिया
सम्बन्धित समाचार