Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

इलामे लोकगायिका कविता आले ‘सरु संगीत राष्ट्रिय पुरस्कार’बाट सम्मानित

इलामे लोकगायिका कविता आले ‘सरु संगीत राष्ट्रिय पुरस्कार’बाट सम्मानित

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १५ २०८२


इलामे लोकगायिका कविता आले ‘सरु संगीत राष्ट्रिय पुरस्कार’बाट सम्मानित

इलाम । लोकसंगीत र चलचित्रकर्मी कविता आले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छन् । सरु संगीत घरले दिवंगत सरस्वती निरौलाको स्मृतिमा प्रदान गर्ने २५ हजार ५ सय ५ रुपैया राशीको पुरस्कार आलेलाई प्रदान गरिएको हो । सरु संगीत घरका प्रबन्ध निर्देशक डेनी निरौलाका अनुसार, वरिष्ठ संगीतकार एवं गायक कोमल निरौलाको संरक्षकत्वमा स्थापना गरिएको पुरस्कार हरेक वर्ष नेपाली गीत, संगीत र वाद्यवादन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका, ४० वर्षमाथिका महिला कलाकारलाई प्रदान गरिन्छ ।

यस वर्षको पुरस्कारका लागि चयन समितिले कविता आलेलाई छनोट गरेको समितिकी सदस्य गायिका लोचन भट्टराईले बताइन् । उनले भनिन्, ‘वि।सं। २०१२ सालमा इलामको फाकफोकमा जन्मनुभएकी कविता आलेले पूर्वीय लोकभाकालाई नेपाली लोकसंगीतमा विशिष्ट पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । अर्गानिक लोकसंगीत पस्कन सक्ने सिर्जनशील कलाकारको रुपमा उहाँको योगदान अतुलनीय छ ।’

कार्यक्रममा वरिष्ठ संगीतकार दिपक जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, पाटन उच्च अदालतका न्यायाधीश दुर्गा ढुंगेल, वरिष्ठ संगीतकार मिलन मोक्तान, शिक्षासेवी विष्णुकुमार निरौला, ललितपुर जिल्ला प्याब्सन अध्यक्ष तारा खनाल, पूर्वसचिव खेमराज नेपाल, साहित्यकार डा। रत्नमणि नेपाललगायतको उपस्थिति थियो ।

आले गीत संगितका अतिरिक्त चलचित्र क्षेत्रमा समेत क्रियाशिल छिन् । उनले कब्बडीको विभिन्न सिरिजमा दयाहाङ राईको आमाको भुमिका खेलेकी छन् । त्यसैगरी घरज्वाई, कर्साङ, जनै हराएको मानिस लगाय विभिन्न लोकप्रिय चलचित्रमा उनको अभिनय देख्न सकिन्छ । चर्चित गीत “झ्याम्मै चौतारी माया लाउ भने छैन दौंतरी” बोलको गीतकी गायीका पनि हुन् । गायक क्रान्ति आलेका आमा पनि हुन् ।

उनले सहयात्री, पथभ्रष्ट, हस्पिटल, भाइरस, मह चौतारी, हाम्रो टिम, सिंह दरबार, साल्गीको बलात्कृत आंसु, सांघु तरेपछि जस्ता सिरियलमा पनि काम गरेकी छिन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार