फिक्कल । इलामको देउमाई नगरपालिका–२ को तपेवा टोल विकास समितिले चाडवाड लक्षित श्रमदान गरेको छ । यातायात पूर्वाधारमा सहजताको निम्ति टोल विकास समितिको अगुवाईमा त्रिवेणी–छिपछिपे–राँकेटार सडकको ३ किलोमिटर स्तरोन्नती गरिएको हो । जस अन्र्तगत १ किलोमिटर सडकमा ग्राभेल विछ्याइएको छ ।
इलाम नगरपालिका र देउमाई नगरपालिकाको वडा कार्यालयको सहयोगमा स्तरोन्नती गरिएको छ । करिब १५० जना स्थानीयको सहभागिता रहेको श्रमदानमा देउमाई नगरपालिका–२ ले २ वटा व्याकहु लोडर, देउमाई नगरपालिका–३ र इलाम नगरपालिका–१ ले २÷२ वटा तथा आसादिप बोर्डिङले १ वटा ट्रयाक्टर उपलब्ध गराएका छन् ।
स्थानीय समाजसेवी र उद्योगीहरुको समेत सहयोगबाट ११ वटा गाडी श्रमदानको लागि उपलब्ध भएको श्रम अभियानमा खटिएका डिवन राईले जानकारी दिए । साथै इलाम नगरपालिका–१ र देउमाई नगरपालिका–२ स्थित यङदोङ गुम्बा जाने बाटोमा बेस हाल्ने काम समेत गरिएको छ ।
