Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अखिल नेपाल चेस संघको अध्यक्षमा इलामका दिपेन र उपाध्यक्षमा प्रकाश

अखिल नेपाल चेस संघको अध्यक्षमा इलामका दिपेन र उपाध्यक्षमा प्रकाश

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र १४ २०८२


अखिल नेपाल चेस संघको अध्यक्षमा इलामका दिपेन र उपाध्यक्षमा प्रकाश

इलाम । अखिल नेपाल चेस संघको प्रथम राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा इलामका दिपेन राई र उपाध्यक्षमा प्रकाश परियार निर्वाचित भएका छन् । माओवादी केन्द्र निकट चेस संघको अधिवेशनले तीन उपाध्यक्ष, पाँच सचिव सहित २३ सदस्य रहेका कार्य समिति निर्वाचित गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा विजयवोध लावती, कृष्ण धामि र प्रकाश परियार निर्वाचित भएका छन् । महासचिवमा अनिल शेर्पाली निर्वाचित भएका छन् । त्यस्तै सचिवमा रामकुमार मादेन, श्रीकृष्ण श्रेष्ठ, नारायण विष्ट, सविना लामगादे र वर्षा राना मगर निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा प्रकाश रोक्का चयन भएका छन् । सदस्यमा अञ्जु शाह, निखिल दुलाल, प्रेम सुनार, विमल मगर, प्रिया सुनार, सुरेन्द्र बुढाथोकी, दिक्षा राई, रामचन्द्र सुनुनार, गगन लावती, ओमकार केसी, अशोक गुरुङ र रबि नकर्मी रहेका छन् ।

अधिवेशनले सल्लाहकार समितिसमेत चयन गरेको छ। समितिमा बिनय थापा ‘क्षितिज’, डोल्मामाया गोले ‘ललिता’, धनराम ओली, मनोज घिमिरे र बबिदेवल पुन रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार