Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगर उद्योग वाणिज्य संघको साधारणसभा तथा तेश्रो अधिवेशन

सूर्योदय नगर उद्योग वाणिज्य संघको साधारणसभा तथा तेश्रो अधिवेशन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र १३ २०८२


सूर्योदय नगर उद्योग वाणिज्य संघको साधारणसभा तथा तेश्रो अधिवेशन

फिक्कल । सूर्योदय नगर उद्योग वाणिज्य संघको बार्षिक साधारणसभा र तेश्रो अधिवेशन  भएको छ । सूर्योदय नगरपालिकाको सभाहलमा संघको अधिवेशन र साधारणसभा भएको हो । संघका अध्यक्ष प्रमोद राईको अध्यक्षतामा भएको उद्धघाटन सत्रको कार्यक्रममा सूर्योदय नगर उपप्रमुख दुर्गाकुमार बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले नगरपालिकाले व्यवसाय दर्ता गर्दा वाणिज्य संघको सिफारिसबाट गर्ने बिषयमा लागेको बताए ।

बहाल कर लिँदै गर्दा रोहवर वाणिज्य संघ रहने भने कानुनमा व्यवस्था गरेर जाने बताए । बरालले सूर्योदयको समृद्धि आर्थिक र पर्यटन क्षेत्र भएको बताए । उनले कृषिजन्य उत्पादनमा बृद्धि गर्दै बजारीकरण र पर्यटनलाई व्यवस्था गर्न सके सूर्योदयको राजस्व बृद्धि हुने बताए । बरालले भने ‘यहाँबाट अलैची, अदुवा कुचो, स्कुस उत्पादन हुन्छ । तर उत्पतिको प्रमाणपत्र झापाबाट गएर गछौ । र फाइदा झापाले लिएको छ । नयाँ निर्वाचित हुने समितिले उद्योग वाणिज्य संघ महासंघमा गएर इलामबाट जारी गर्ने व्यवस्था गर्न सके आर्थिक रुपमा संस्था बलियो हुन्छ ।’

कार्यक्रममा नगर उपप्रमुख बराल, सूर्योदय नगरपालिका–८ का वडाध्यक्ष जंग गुरुङ, निर्वाचन मण्डलका अध्यक्ष हरिप्रसाद लुइटेल, नर्सरी व्यवसायी संघकी अध्यक्ष लासाङ तामाङ, राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष मदन पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सूर्योदय नगरपालिका–३ का वडाध्यक्ष लोक बहादुर प्रधान, मिलन क्षेत्री, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक फिन्जु भोटे, राष्ट्रिय वाणिज्य बैंक फिक्कलका शाखा प्रमुख, शसस्त्र प्रहरीका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।  संघका उपाध्यक्ष प्रज्वल प्रधानले स्वागत गरेको कार्यक्रम महासचिव तोयानाथ भट्टराईले संचालन गरेका थिए । संघका उपाध्यक्ष प्रज्वल प्रधानले स्वागत गरेको कार्यक्रम महासचिव तोयानाथ भट्टराईले संचालन गरेका थिए ।
पूर्व अध्यक्षलाई सम्मान
कार्यक्रममै अवसरमा संघले ४ जना पूर्व अध्यक्ष र सहयोगी संस्थाहरुलाई सम्मान गरेको छ । संघले पूर्व अध्यक्ष बिमल पाण्डे, लिलादेवी श्रेष्ठ, ध्रुव सुब्बा र ज्ञानीराम श्रेष्ठलाई दोसल्ला र कदरपत्रले सम्मान गरेको हो । त्यसैगरी करफोक बहुमुखी क्याम्पस, फिक्कल माध्यमिक विद्यालय र बैंकर्स अर्चन ढुङगानालाई कदरपत्र प्रदान गरेको छ । संघले आगामी नयाँ नेतृत्व समेत चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि भोली पशुपतिनगरमा निर्वाचन गरिने तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार