Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रीति सम्मिलित इत्तिहादको पहिलो जित

प्रीति सम्मिलित इत्तिहादको पहिलो जित

  • सन्देश सम्बाददाता
  • बिहिबार, भाद्र १२ २०८२


प्रीति सम्मिलित इत्तिहादको पहिलो जित

इलाम । नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित इत्तिहाद क्लबले एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा पहिलो जित निकालेको छ। हाङ जेबात रंगशाला बिहीबार सम्पन्न समूह ‘सी’ को दोस्रो खेलमा सड्युशोर एसआई–एसिया गोललाई ३-१ ले पराजित गरेको हो।

योसँगै इत्तिहादले २ खेलबाट ३ अंक जोडेको छ। पहिलो खेलमा इत्तिहाद लायन सिटीसँग २-० ले पराजित भएको थियो। एसिया गोलले भने पहिलो खेलमा केलाना युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो। इत्तिहादको जितमा युजेनिया टेटेहले २ र सिडालिया कुटाले १ गोल गरिन्।

एसिया गोलका लागि एक मात्रै गोल बाक्तिगुल टोक्तोबोलोटोभाले गरेकी हुन्।  इत्तिहादले ४७औं मिनेटमा कुटाको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। ५८ र ६५औं मिनेटमा टेटेहले लगातार गोल गर्दै खेल ३-० मा पुर्‍याइन्। ७१औं मिनेटमा बाक्तिगुलले गोल गर्दै एसिया गोललाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।

अब इत्तिहादले समूह चरणको अन्तिम खेल आइतबार केलानासँग खेल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार