Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

फेरि बढ्यो अण्डाको मूल्य, एउटैको २३ रुपैयाँ

फेरि बढ्यो अण्डाको मूल्य, एउटैको २३ रुपैयाँ

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र ११ २०८२


फेरि बढ्यो अण्डाको मूल्य, एउटैको २३ रुपैयाँ
  • नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको मूल्य बढाएको छ, भोलिबाट नयाँ मूल्य लागू हुनेछ।
  • ठुलो अण्डा प्रति क्रेट ५४५ रुपैयाँ, मिडियम ५३० रुपैयाँ, र सानो अण्डा ३ हजार रुपैयाँ प्रति पेटी तोकिएको छ।
  • उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रति गोटा २३ रुपैयाँ र २ गोटाको ४५ रुपैयाँ तोकिएको छ।

काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको मूल्य फेरि बढाएको छ । सङ्घ कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार भोलिबाट लागू हुनेगरी अण्डाको मूल्य बढेको हो । अब फार्मबाट होलसेल मूल्य प्रति क्रेट ठुलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ प्रति क्रेट र सानो अण्डा ३ हजार रुपैयाँ प्रति पेटी तोकिएको हो ।

उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रति गोटा २३ रुपैयाँ २ गोटाको ४५ रुपैयाँ तोकिएको छ । यसअघि ४ भदौमा अण्डाको मूल्य बढाएर प्रति क्रेट ठुलो अण्डा ५३० रुपैयाँ तोकेको थियो । यस्तै मिडियम अण्डाको मूल्य ५१५ रुपैयाँ प्रतिक्रेट तोकिएको थियो ।

सङ्घले चितवनबाट लोड भई देशभरिका अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ थप लाग्ने जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार