फिक्कल । नेकपा एकिकृत समाजवादी इलामले चौथो पार्टी पुर्नगठन दिवस एवम तीज मनाएको छ । सूर्योदय नगरपालिका–१० फिक्कल स्थित लाप्चा भवनमा कार्यक्रम आयोजना गरेर विद्रोहको औचित्य बारेमा समिक्षा गर्दै पुनर्गठन दिवस मनाएको हो । अखिल नेपाल महिला संघ समाजवादी इलाम अध्यक्ष अमृत राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको पोलिटव्युरो सदस्य एवम प्रदेश सांसद खिनु लङवा लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला संयोजक एवम सूर्योदय नगर प्रमुख रण बहादुर राईको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि लङवा, विशेष अतिथि राई र एकराज घिमिरेले विद्रोहको औचित्य बारेमा आफ्नो धारणा राखेका थिए । सूर्यकुमारी राईले स्वागत मन्तव्य र पार्टीको जिल्ला उपाध्यक्ष एवम जिसस उपप्रमुख चित्रकला बराइलीले कार्यक्रम संचालन गरेकी थिइन् ।

कार्यक्रमसंगै पार्टीले फेन्सोङ गुम्बा परिसरमा भेला भएर तीज कार्यक्रम समेत सम्पन्न गरेको छ । पार्टीका कार्यकर्ता एवम विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा तीज विशेष कार्यक्रम समेत गरिएको हो ।