Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

नेपाल पर्वतारोहण सङ्घमा सत्ता गठबन्धनलाई झट्का, अध्यक्षमा माओवादी रास्वपाका उम्मेदवार शेर्पा निर्वाचित

नेपाल पर्वतारोहण सङ्घमा सत्ता गठबन्धनलाई झट्का, अध्यक्षमा माओवादी रास्वपाका उम्मेदवार शेर्पा निर्वाचित

  • सन्देश सम्बाददाता
  • आइतबार, भाद्र ८ २०८२


नेपाल पर्वतारोहण सङ्घमा सत्ता गठबन्धनलाई झट्का, अध्यक्षमा माओवादी रास्वपाका उम्मेदवार शेर्पा निर्वाचित

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ एनएमएको अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन्। सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई सय ८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएका थिए । प्रथम उपाध्यक्ष र एक सदस्यबाहेकका अन्य पदमा फुर गेल्जे शेर्पा नेतृत्वको प्यानल नै विजयी भएको छ ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भए । यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरे । त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार