Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

मोमोको २० रुपैयाँको विवादमा दिल्लीमा नेपाली युवकमाथि छुरा प्रहार

मोमोको २० रुपैयाँको विवादमा दिल्लीमा नेपाली युवकमाथि छुरा प्रहार

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र ७ २०८२


मोमोको २० रुपैयाँको विवादमा दिल्लीमा नेपाली युवकमाथि छुरा प्रहार
  • नयाँ दिल्लीमा मोमोको २० रुपैयाँको विवादमा एक नेपाली युवकमाथि किशोरहरूले छुरा प्रहार गरे।
  • घाइते हुनेमा खोडा कोलोनीमा बस्ने नेपाली युवक तुलबहादुर रहेका छन्, र उनको स्वास्थ्य अवस्था स्थिर छ।
  • गाजीपुर प्रहरीले घटनामा संलग्न तीनै किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा मोमोको २० रुपैयाँको विवादका कारण एक नेपाली युवकलाई तीन जना किशोरहरूले छुरा प्रहार गरेका छन् । पूर्वी दिल्लीको गाजीपुर थानाअन्तर्गत पर्ने राजवीर कोलोनी क्षेत्रमा यो घटना भएको हो । घाइते हुनेमा खोडा कोलोनीमा बसोबास गर्ने र नेपालका तुलबहादुर रहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

स्थानीय प्रहरीका अनुसार, तुलबहादुरले मोमोको २० रुपैयाँ माग्दा किशोरहरूले तिर्न अस्वीकार गरेपछि झगडा भएको थियो । विवादकै क्रममा उनीहरू मध्ये तीन जनाले तुलबहादुरको छातीमा छुरा प्रहार गरेका हुन् । घाइते तुलबहादुरलाई स्थानीयवासीले तत्काल लालबहादुर शास्त्री अस्पताल पुर्‍याएका थिए । त्यहाँका चिकित्सकहरूले अवस्था गम्भीर देखिएपछि उनलाई ट्रमा सेन्टर रिफर गरेका थिए ।

हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । गाजीपुर प्रहरीले घटनामा संलग्न तीनै किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार