Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामका पाँच बिद्यायलका ३० जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

इलामका पाँच बिद्यायलका ३० जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र ७ २०८२


इलामका पाँच बिद्यायलका ३० जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

इलाम । इलाम जिल्लामा समुदायमै आधारित रेडपाण्डा संरक्षण परियोजना अन्तर्गत छात्रवृत्ति वितरण गरिएको छ । रेडपाण्डा संरक्षण र शिक्षाको सँगसँगै प्रवद्र्धन गर्ने उद्देश्यले रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा दिपज्योति युवा क्लबले जिल्लाका पाँच वटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

यस कार्यक्रम अन्तर्गत इलाम नगरपालिका, माईजोगमाई र सन्दकपुर गाउँपालिकामा रहेका पाँच आधारभूत विद्यालयका कक्षा ६ र ७ मा अध्ययनरत ३० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । प्रत्येक विद्यालयबाट कक्षा ६ र ७ का ३÷३ जना गरी एक बिद्यालयका ६ जनाका दरले जम्मा २४ बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्ति अन्तर्गत प्रति विद्यार्थी ६५ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको छ । जसमा शैक्षिक सामग्रीसँगै रेडपाण्डा अंकित विशेष झोला समेत समावेश गरिएको दिपज्योति युवा क्लबका कार्यक्रम संयोजक राम रिमालले जानकारी दिए । उनका अनुसार इलाम नगरपालिका ३ को वाल्मिकी सिंहदेवी आवि, सन्दकपुर गाउँपालिकाको भानुदय आवि चन्द्रोदय आवि, राष्ट्रिय आवि र माईजोगमाई गाउँपालिकाको प्याङ माविका बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको हो ।

रेडपाण्डा संरक्षण अभियानलाई विद्यालय स्तरमै जोड्ने यो कार्यक्रमले विद्यार्थीलाई पढाइप्रति प्रोत्साहन गर्नुका साथै प्रकृति संरक्षणप्रति सचेत बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यसले शिक्षा र संरक्षणबीचको सम्बन्धलाई अझ सशक्त बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । यस्तै वाताबरणसंग सम्बन्धित रेडपाण्डा नेटवर्कले प्रकाशन गरेको पुस्तक पनि बितरण गरिएको थियो ।

जिल्लाको इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकामा रेडपाण्डाको संरक्षणका लागि नेटवर्कको सहयोगमा क्लबले काम गरिरहेको छ । बिश्वमै लोपन्मुख बन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न नाङ्गा जमिनमा बृक्षारोपण लगायतका कामहरु गरिदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार