Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

सरस्वती बाल क्लब द्वारा ‘सरस्वती बाल संसार’ प्रकाशन

सरस्वती बाल क्लब द्वारा ‘सरस्वती बाल संसार’ प्रकाशन

  • सन्देश सम्बाददाता
  • बिहिबार, भाद्र ५ २०८२


सरस्वती बाल क्लब द्वारा ‘सरस्वती बाल संसार’ प्रकाशन

रोङ । सरस्वती माध्यमिक विद्यालयमा गठित सरस्वती बाल क्लबको सक्रियतामा त्रैमासिक बाल पत्रिका ‘सरस्वती बाल संसार’ प्रकाशन गरिएको छ। बुधबार आयोजित एक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल र वालक्लवका अध्यक्ष स्पर्श प्रधानले संयुक्त रूपमा उक्त पत्रिकाको लोकार्पण गरेका हुन् ।

बालबालिकामा रहेका सृजनशील प्रतिभाहरुलाई लेखनको माध्यमबाट प्रस्तुत गराउँदै बालबालिकाको लेखन कौशल विकास गर्ने र साहित्यिक कलामा थप उर्जा भर्न यो पत्रिका प्रकाशन गरिएको विद्यालयका संरक्षक शिक्षक सन्तोष भण्डारीले बताए। यस पत्रिकामा छोटो कथा, कविता, चुटकिला, गीत, गजल, चित्र जस्ता विभिन्न विधाहरू समेटिएका छन्।

हाल प्रारम्भिक चरणमा त्रैमासिक रूपमा प्रकाशन भइरहेको यो पत्रिकालाई आगामी दिनमा मासिक प्रकाशन गर्ने लक्ष्य राखिएको सरस्वती बाल क्लबकी सचिव आकृति सुबेदीले जानकारी दिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार