Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ओली–देउवालाई गगनको सुझाव- बाहिरबाट ढुंगा हानेका छन्, गाडी दुर्घटनामा नपरोस्

ओली–देउवालाई गगनको सुझाव- बाहिरबाट ढुंगा हानेका छन्, गाडी दुर्घटनामा नपरोस्

  • सन्देश सम्बाददाता
  • बिहिबार, भाद्र ५ २०८२


ओली–देउवालाई गगनको सुझाव- बाहिरबाट ढुंगा हानेका छन्, गाडी दुर्घटनामा नपरोस्

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको गाडी हाँकिरहेका शीर्ष नेताहरूलाई दुर्घटनामा नपर्न सुझाव दिएका छन् ।बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन् । आफूहरू एउटै गाडीमा सवार भएको भन्दै उनले ड्राइभिङ सिटमा दुई नेताहरू (प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा) रहेको बताए । उनीहरूले यो गाडी ठिक गतिमा चलाउन पनि आग्रह गरे ।

‘हामी एउटै गाडीमा सवार छौं, तर ड्राइभिङ सिटमा दुई जना नेताहरू हुनुहुन्छ । अहिलेको र हुनेवाला प्रधानमन्त्रीले यो गाडी चलाइरहनुभएको छ । यो गाडी ठिक गतीमा जाओस् । अलमल नहोस्, ढलमल नहोस् । दुर्घटना नहोस्,’ उनले भने । साथै, उनले बाहिरबाट ढुंगा हानेको र हिलो छ्यापेको भन्दै त्यसलाई आफूहरूले रोक्ने तर स्टेरिङ समाएका नेताहरूले ठिक काम गर्नपर्ने बताए ।

‘बाहिरबाट ढुंगा हानेका छन्, हिलो छ्यापेका छन् । त्यसलाई हामी रोक्छौं । तर, स्टेरिङ चलाउने त ठिक ढंगले चलाउनुपर्‍यो । कहिलेकाहीँ घ्याच्च रोकिदिएको छ, कहिले भिरतिर उक्लिएको छ । म सँग गाडीको स्टेरिङ छ भनेर जता पनि हिँडिदिएको छ,’ थापाले असन्तुष्टि राखे । उनले केहीदिन अघि प्रधानमन्त्री ओलीले युवाको बेला भएको तर कोही तयार नभएको अभिव्यक्ति दिएकोप्रति पनि आपत्ति जनाए ।

‘केही दिनअघि प्रधानमन्त्रीले एक ठाउँमा भन्नुभएछ, युवाको बेला हो । कतिले भन्लान् मैले किन छाडिनँ । तर, म त भन्न चाहन्छु, तर युवै छैनन् नेकपा एमालेभित्रको युवाबारे मैले चर्चा गर्ने कुरा सुहाउँदैन,’ महामन्त्री थापाले भने, ‘हाम्रोमा त छौं, हामीले चलाउने भनेर तयार पनि भएको । पाइएन, सकिएन, भ्याइएन । खेलको नियम त मान्नुपर्‍यो ।’ दुई शीर्ष नेताहरू नबरालिकन काम गर्ने हो भने अझै समय र अवसर भएको भन्दै त्यसको प्रयोग गर्न उनले सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार