Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

नामसालिङ्ग माविले कात्तिकमा हिरक जयन्ती मनाउँदै

नामसालिङ्ग माविले कात्तिकमा हिरक जयन्ती मनाउँदै

  • सन्देश सम्बाददाता
  • बिहिबार, भाद्र ५ २०८२


नामसालिङ्ग माविले कात्तिकमा हिरक जयन्ती मनाउँदै

इलाम । इलामको माईजोगमाई गाउँपालिका–३ नामसालिङ्गमा अवस्थित ऐतिहासिक शैक्षिक संस्था नामसालिङ्ग माध्यमिक विद्यालयले आफ्नो हिरक जयन्ती ९७५औं स्थापना दिवस० धूमधामका साथ मनाउने भएको छ । विद्यालय स्थापना भएको ७५ वर्ष पूरा भएको अवसरमा विद्यालयले आउँदो कात्तिक २६ देखि २९ गतेसम्म बिभिन्न सांस्कृतिक, शैक्षिक, खेलकुद तथा सामाजिक कार्यक्रमसहित विशेष महोत्सवको आयोजना गर्ने तयारी गरेको छ ।

हिरक जयन्ती सफल बनाउन विद्यालय प्रशासन, शिक्षक–शिक्षिका, पूर्वविद्यार्थी, अभिभावक तथा सरोकारवालाबीच सक्रिय छलफल र तयारी कार्य भइरहेको विद्यालयका प्रधानाध्यापक प्रदिप देवले बताए । यस अवसरमा देश–विदेशमा रहेका पूर्वविद्यार्थीलाई पनि आमन्त्रण गरिने भएको छ । कार्यक्रम अन्तर्गत विद्यालयले नामसालिङ्ग माविसँग सम्बन्धित इतिहास, उपलब्धि र योगदानबारे लेखिएका रचनाहरु समेटिएको विशेष स्मारिका पनि सार्वजनिक गर्ने तयारी गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यज्ञनिधि अधिकारीले जानकारी दिए ।

विद्यालय समुदायले हिरक जयन्तीलाई विद्यालयको गौरवमय इतिहासको सम्मान मात्र नभई आगामी दिनमा शैक्षिक क्षेत्रको दिशा तय गर्ने अवसरका रुपमा उपयोग गर्ने विश्वास व्यक्त गरेका छन् । हिरक जयन्तीलाई भब्य रुपमा सम्पन्न गर्न आर्थिक सहयोग जुटाउने कार्य पनि भइरहेको बताइएको छ । यस्तै हिरक जयन्ती मनाउन बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष यज्ञनिधि अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ भने बिभिन्न ९ वटा उप समिति गठन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार