Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादीले जिम्मेवारी बहन नगरे देशको राजनीति गर्ल्यामगुर्लुम भइहाल्छ जस्तो छ : प्रचण्ड

माओवादीले जिम्मेवारी बहन नगरे देशको राजनीति गर्ल्यामगुर्लुम भइहाल्छ जस्तो छ : प्रचण्ड

  • सन्देश सम्बाददाता
  • बुधबार, भाद्र ४ २०८२


माओवादीले जिम्मेवारी बहन नगरे देशको राजनीति गर्ल्यामगुर्लुम भइहाल्छ जस्तो छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले अहिले सरकारमा नभएपनि देशको राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका छन्। रङ्गीन घरहरू कथासङ्ग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै आफू प्रमुख प्रतिपक्ष दलको नेता मात्रै भएपनि पूरै जिम्मा आफ्नै काँधमा भएजस्तो लाग्ने बताए।

उनले भने, ‘अहिले म सरकारको नेतृत्वमा छैन। प्रमुख प्रतिपक्ष दलको नेता छु। तर देशको राजनीतिको खाँबो मैले छोड्दिए भने भत्किहाल्छ जस्तो लाग्छ। गर्ल्यामगुर्लुम ढल्नी पो हो कि जस्तो लाग्छ। पूरै जिम्मा मेरै काँधमा जस्तो लाग्छ, कहिलेकाहीँ सोच्छु यस्तो त हुँदैन जीवन त। निश्चित अवधिसम्म गर्ने हो प्रकृतिको नियम अनुसार मरिन्छ, अर्कोले आएर लान्छ गाडीमा।’

उनले आफूलाई अहिले पनि जिम्मेवारीले थिचिरहेको बताए। उनले थपे, ‘तर जिम्मेवारी बोध आफ्नो अन्तिम अवस्था नभएसम्म जिम्मेवारीले थिचिराख्ने र त्यो जिम्मेवारी पूरा गर्नको लागि समर्पित भइराख्नुपर्ने आवश्यकता छ। साहित्य क्षेत्रमा मैले धेरै दिन नसके पनि मैले शान्ति प्रक्रियामा आएपछि र पहिलो पटक प्रधानमन्त्री भएपछि साहित्य कला र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेको छु।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार