Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जर्मनीमा ब्याडमिन्टन खेलेकी सुब्बालाई सूर्योदय नगरपालिका–३ को सम्मान

जर्मनीमा ब्याडमिन्टन खेलेकी सुब्बालाई सूर्योदय नगरपालिका–३ को सम्मान

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र ४ २०८२


जर्मनीमा ब्याडमिन्टन खेलेकी सुब्बालाई सूर्योदय नगरपालिका–३ को सम्मान

फिक्कल । इलामको सूर्योदय नगरपालिका–३ ले ब्याडमिन्टन खेलाडी निशाम हाङमा सुब्बालाई सम्मान गरेको छ । जर्मनीको राइन–रुर शहरमा सम्पन्न “विश्व विश्वविद्यालय ग्रीष्म खेलकुद प्रतियोगिता” २०२५ मा सहभागिता जनाएकी सुब्बालाई सम्मान गरेको हो । जर्मनीमा साउन १ (१६ जुलाई) देखि १२ (२७ जुलाई )सम्म संचालन भएको प्रतियोगितामा साे वडाकी २४ बर्षिया सुब्बाले नेपालको प्रतिनिधित्व गरेर सहभागि भएकी थिइन् ।

वडाध्यक्ष लोक बहादुर प्रधानले आज एक समारोहबीच सुब्बालाई सम्मानपत्र हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्र र नगरपालिकाको गौरव बढाएको बताए । प्रतियोगितामा नेपाल सहित ११३ देशका ९ हजार ४७ एथ्लेटको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल मेडल विहिन बनेको छ । ३४ स्वर्ण सहित जापानले उपाधि जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार