सन्दकपुर । भुकम्पका कारण क्षति पुगेको इलामको सन्दकपुर गाउँपालिका–४ माबुको नाटु नाम बुद्ध पहर छुर्गा गुम्बाको पुर्न निर्माणको लागि सहयोगको अपिल गरिएको छ । मगर समुदायको धार्मिक, सांस्कृतिक तथा सामुदायिक महत्व बोकेको गुम्बा २०७२ सालको भुकम्पका कारण क्षति पुगेको हो । स्थानीय स्व खड्ग बहादुर पुँवार मगरले २ रोपनी जग्गा दिएपछि २०५८ सालमा गुम्बा स्थापना गरिएको थियो ।
गुम्बामा लामा मन बहादुर पूर्वछाने मगरले मगर भाषाको लिपिबाट शुभ–अशुभ कर्मकाण्डको कक्षा संचालन गरिरहेका छन् । गुम्बामा वापा (लामा) उत्पादन गरि स्थानीय ४३ घर मगर परिवारले गुम्बा संचालन गर्दै आएको स्थानीय दर्शन पुलामी मगरले जानकारी दिए । जिर्ण भएपछि पुर्ननिर्माणको लागि गुम्बाको प्रभु बैंक सन्दकपुरमा रहेको खातामा सहयोग गरिदिन मगरले अपिल गरेका छन् ।
उनले गुम्बा पुर्ननिर्माणको लागि करिब ५० लाख आवश्यक रहेको बताए ।

