Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा कार्यसम्पादन करार सम्झौता हस्ताक्षर

सूर्योदय नगरपालिकामा कार्यसम्पादन करार सम्झौता हस्ताक्षर

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन ३२ २०८२


सूर्योदय नगरपालिकामा कार्यसम्पादन करार सम्झौता हस्ताक्षर

फिक्कल । इलामको सूर्योदय नगरपालिकामा कार्य सम्पादन करार सम्झौता गरिएको छ । नगरपालिकाले गत आर्थिक बर्ष २०८१÷०८२ को कार्यसम्पादन करार सम्झौताको समिक्षा गर्दै चालु आर्थिक बर्षका लागि कर्मचारीसंग नयाँ सम्झौता गरेको हो । कार्यक्रम नगर प्रमुख रण बहादुर राई र प्रमुख प्रशासकीय अधिकृत अमृत राईबीच सम्झैता गरिएको छ ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख तथा वडा सचिवहरूबीच करार सम्झौता हस्ताक्षर छ । यससँगै नगरपालिकाले विगतको कार्यसम्पादन मूल्याङ्कन गर्दै नयाँ आर्थिक वर्षका लागि स्पष्ट लक्ष्य र जिम्मेवारी तोकेको छ । नगर प्रमुख रण बहादुर राईले विगतको अनुभवलाई आधार बनाएर अझ प्रभावकारी ढंगले सेवा प्रवाह गर्न सुझाव दिए ।

उनले नगरवासीलाई लक्षित कार्यक्रमहरू परिणाममुखी बनाउने र पारदर्शी शासन प्रणालीलाई सुदृढ पार्नेमा जोड दिए । प्रमुख प्रशासकीय अधिकृतले कार्यसम्पादन करार सम्झौता सेवा प्रवाहलाई नापजाँच गर्ने मापदण्ड भएकाले यसले नगरपालिकाको कार्यलाई उत्तरदायी र परिणाममुखी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शाखा प्रमुख र वडा सचिवहरूले आफ्नो–आफ्नो जिम्मेवारीप्रति इमानदार, पारदर्शी र जिम्मेवार भएर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार