रोङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोङ गाउँपालिकाको सभापतिमा यादव बराल चयन भएका छन्। शुक्रबार रोङ गाउँपालिका वडा नं ३ स्थित कुटिडाँडामा भएको भेलाबाट बरालको नेतृत्वमा पालिका समिति गठन भएको हो । कार्यक्रममा इलाम जिल्ला सभापति टिका ओडारी, प्रदेश सदस्य सन्तोष मोक्तान तथा सूर्योदय नगर उपसभापति महेश गदालको उपस्थिति रहेको थियो ।
नियमअनुसार ११ सदस्यीय हुनुपर्ने समितिमा प्रारम्भिक रूपमा ५ सदस्य चयन गरिएको छ। समितिमा सभापति बरालसँगै सचिव बिनोद मगर तथा सदस्यहरू बिष्णु बराईली, अमला राई र देबी प्रसाद भुजेल रहेका छन्। भेलाले सो अवसरमा रोङ गाउँपालिका–३ नम्बर वडा समिति पनि गठन गरेको छ। उक्त समितिमा संयोजक मिलन कुमार भुजेल, सचिव कर्णखर बाँस्कोटा र सदस्य रोहिणी प्रसाद दाहाल चयन भएका छन्।
कार्यक्रममा उपस्थित नेताहरूले नवगठित समितिलाई संगठन विस्तार, स्थानीय तहमा पार्टीको सशक्त उपस्थिति र जनसम्पर्क अभियानमा सक्रिय रहन आग्रह गरेका छन्।