Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अमर माध्यमिक विद्यालयलाई नेपाल टेलिकमद्वारा कम्प्युटरका सामाग्री

अमर माध्यमिक विद्यालयलाई नेपाल टेलिकमद्वारा कम्प्युटरका सामाग्री

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन २९ २०८२


अमर माध्यमिक विद्यालयलाई नेपाल टेलिकमद्वारा कम्प्युटरका सामाग्री

इलाम । इलामको बरबोटे स्थित अमर माध्यमिक विद्यालयलाई नेपाल टेलिकमले १२ थान कम्प्युटर, १२ थान युपिएस र १ थान प्रिन्टर हस्तान्तरण गरेको छ। आफ्नो सिएसआर (कर्पोरेट सामाजिक उत्तरदायित्व) कार्यक्रमअन्तर्गत टेलिकमले सामाग्री हस्तान्तरण गरेको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल टेलिकम इलामका वरिष्ठ इन्जिनियर सुनिल सिंहले टेलिकमको आम्दानीबाट विभिन्न सहयोग कार्यक्रम सञ्चालन हुँदै आएको बताए ।

विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा सहज होस् भन्ने उद्देश्यले अमर माध्यमिक विद्यालयलाई सामग्री प्रदान गरिएको उनले बताए । इलाम नगरपालिका–५ का अध्यक्ष काजीबहादुर श्रेष्ठले सरकारले गर्नुपर्ने कार्य टेलिकमले गरेको भन्दै विद्यालयलाई ठूलो सहयोग पुगेको उल्लेख गरे । अमर माध्यमिक विद्यालयमा अङ्ग्रेजी र इन्जिनियरिङ, कम्प्युटर साइन्स पढाइ भईरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमनाथ निरौलाले स्वागत मन्तव्य दिएका थिए। विद्यालयको पुस्तकालयमा आयोजित कार्यक्रममा टेलिकमका कर्मचारी, विद्यालयका शिक्षक, व्यवस्थापन समिति, स्थानीय प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार