Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम अस्पतालमा २ वटा डायलोसिस मेसिन थप

इलाम अस्पतालमा २ वटा डायलोसिस मेसिन थप

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन २६ २०८२


इलाम अस्पतालमा २ वटा डायलोसिस मेसिन थप

इलाम । इलाम अस्पतालमा २ वटा डायलोसिस मेसिन थप भएको छ । सेवा विस्तारका लागि मेसिन थप गरि दिन इलाम नगरपालिका र इलाम अस्पतालले संघीय स्वास्थ्य मन्त्रालयमा अनुरोध गरे अनुरुप सो मन्त्रालयले हालै थप २ वटा डायलोसिस मेसिन उपलब्ध गराएको इलाम नगर प्रमुख केदार थापाले बताए ।

आइतबार डायलोसिस मेसिन अस्पताललाई हस्तान्तरण गरिएको छ । इलाम अस्पतालले अब ७ वटा डायलोसिस मेसिनबाट सेवा दिन सक्ने गरी क्षमता विस्तार भएको र यसबाट इलाम, पाँचथर र ताप्लेजुङ सेवाग्राहीहरुलाई सुविधा हुने नगर प्रमुख थापाको भनाई छ । इलाम नगरपालिकाको पहलमा अस्पतालमा आब २०७९।०८० देखि ५ वटा मेसिनबाट डायलोसिस सेवा सञ्चालन भई सेवाग्राहीहरुलाई सेवा दिदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार