Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

यू-२० महिला एसियन कप छनोट : बलियो उत्तर कोरियासँग खेल्दै नेपाल

यू-२० महिला एसियन कप छनोट : बलियो उत्तर कोरियासँग खेल्दै नेपाल

  • सन्देश सम्बाददाता
  • आइतबार, साउन २६ २०८२


यू-२० महिला एसियन कप छनोट : बलियो उत्तर कोरियासँग खेल्दै नेपाल
  • नेपालले एएफसी यू२० महिला एसियन कप छनोटमा आज उत्तर कोरियासँग खेल्दैछ।
  • नेपालले पहिलो खेलमा भुटानसँग १-१ बराबरी खेल्दा दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले हराएको छ।
  • उत्तर कोरियालाई हराएमा नेपाल समूहविजेता बन्नेछ।

इलाम । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू(२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको थियो । उत्तर कोरियाले साउदी अरेबियालाई १५-० तथा भुटानलाई १०-० को फराकिलो अन्तरले हराएको छ ।

नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूह (त्यसबेला यू-१९ भनिएको) मा उत्तर कोरियासँग एसियन कपमै खेलेको थियो । जहाँ नेपाल १९-० गोलअन्तरले पराजित भएको थियो ।  प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ । नेपालले एसियन कपमा छनोट हुन उत्तर कोरियालाई हराउनै पर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार