Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

आज कोशी, बागमती र गण्डकीमा भारी वर्षा

आज कोशी, बागमती र गण्डकीमा भारी वर्षा

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन २६ २०८२


आज कोशी, बागमती र गण्डकीमा भारी वर्षा

काठमाडौँ : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ। मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार