Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा वाईसीएलको दुई महिने श्रम तथा उत्पादन अभियान अन्तर्गत वृक्षारोपण र सम्मान कार्यक्रम सम्पन्न

फाकफोकथुममा वाईसीएलको दुई महिने श्रम तथा उत्पादन अभियान अन्तर्गत वृक्षारोपण र सम्मान कार्यक्रम सम्पन्न

  • रेविका तोलाङ्गी
  • शनिबार, साउन २५ २०८२


फाकफोकथुममा वाईसीएलको दुई महिने श्रम तथा उत्पादन अभियान अन्तर्गत वृक्षारोपण र सम्मान कार्यक्रम सम्पन्न

इलाम । देशव्यापी रूपमा संचालन भईरहेको वाईसीएल नेपालको दुई महिने श्रम तथा उत्पादन अभियान अन्तर्गत इलाम जिल्ला समिति र फाकफोकथुम गाउँपालिकाको समन्वयमा आज एकचुले खेलमैदान परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत नेपालको राष्ट्रिय फूल लालीगुराँससहित विभिन्न प्रजातिका बिरुवा रोपेर खेलमैदानलाई हरियाली बनाउने कार्य गरिएको हो । सोही अवसरमा खेलमैदानलाई १८ रोपनी र किरात यायोख्खालाई १ रोपनी गरी जम्मा १९ रोपनी जग्गा प्रदान गर्ने उदार व्यक्तित्व श्रीमती फुलमाया राई र लालबिर राईलाई वाईसीएल इलामले अभिनन्दनपत्रद्वारा सम्मान गरिएको छ।

कार्यक्रममा नेकपा (माओवादी) केन्द्रीय समिति सदस्य एवं इलाम जिल्ला इञ्चार्ज धिरेन्द्र शर्मा, वाईसीएल नेपाल एक नम्बर प्रदेश अध्यक्ष विक्रम बाबु लिम्बु, माओवादी केन्द्र फाकफोक गाउँपालिका अध्यक्ष प्रकाश राई, अखिल क्रान्तिकारी केन्द्रीय समिति सदस्य एवं इलाम जिल्ला इञ्चार्ज अंकित बराइली, माओवादी केन्द्र फाकफोकथुम वडा नं २ अध्यक्ष भोजराज बोहोरा, र फाकफोक ६ अध्यक्ष नरबहादुर राईलगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

अभियानले वृक्षारोपण, सरसफाइ र सामुदायिक सम्पत्ति संरक्षणमार्फत स्थानीयस्तरमा वातावरण संरक्षण र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्य राखेको आयोजकले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार