फिक्कल । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले ४०औं स्थापना दिवसको पूर्वसन्ध्यामा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत फिक्कल सबस्टेसनको कार्यालय परिसरमा धुपी लगायतका फलफुलका विरुवा रोपिएको छ। साथै इलाम वितरण केन्द्र, देउमाई नगरपालिका तथा तिल्केनी सबस्टेसन क्षेत्रका विभिन्न स्थानमा समेत वृक्षारोपण गरिने जनाएको छ।
यस अवसरमा इलाम वितरण केन्द्रका प्रमुख विजली प्रसाद यादव सहितका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। नेपाल विद्युत प्राधिकरणको स्थापना विक्रम संवत २०४२ साल साउन १ गते भएको हो। हरेक वर्ष प्राधिकरणले विभिन्न रचनात्मक कार्यक्रम गर्दै स्थापना दिवस मनाउने परम्परा रहिआएको छ।